अमेरिका पठाउने भन्दै साढे तीन करोड ठगी गर्ने वृद्ध पक्राउ
मेरोन्यूज
२०८० वैशाख २४ गते १८:३०

काठमाडौँ । अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका ६ नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोलालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
बास्तोलाले १०१ जनालाई वैदेशिक रोजगारका लागि अमेरिका, जर्मनी, बेलायत, जापानलगायत देशहरूमा पठाउने भन्दै ठगेका थिए । उनले प्रतिष्ठित कम्पनीमा चार लाख रूपैयाँ बढी तलब हुने प्रलोभनमा पारी पीडितबाट तीन करोड ५६ लाख ठगी गरेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर दरबार स्क्वायरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।
सम्बन्धित
















विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया