भुटानी शरणार्थी प्रकरण : प्रहरीले कार्यदल संयोजक पन्थीलाई बयानका लागि बोलाउने !

काठमाडौँ । शरणार्थी समस्या समाधानका नाममा गठन गरिएको ‘विवादास्पद’ कार्यदलका संयोजक बालकृष्ण पन्थीलाई प्रहरीले बयानका लागि बोलाउने तयारी गरेको छ ।
प्रहरीले आइतबार पन्थीसँग सोधपुछ गरेपछि पुनः बयानका लागि बोलाउने तयारी गरेको हो ।
‘उहाँलाई परिसरमै बोलाएर सोधपुछ गरिएको हो, छिट्टै बयानका लागि पनि बेलाइनेछ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
पन्थी स्वयंले पनि गिरोहका सदस्यसँग ‘चिसो खान’ भेडेटारमाथिको नाम्जे घुम्न गएको विभिन्न सञ्चारमाध्यमसँग स्वीकारेका छन् । पन्थीले एमाले सचिब टोपबहादुर रायमाझी, कार्यदलका सदस्य गणेश केसी, मुक्य योजनाकारहरू केशव दुलाल, सानु भण्डारीसहितको टोलीमा हिमालय होटल पुल्चोकमा डिनरमा गएको समेत सकारेका छन् ।
केपी शर्माओली नेतृत्वको तत्कालिन मन्त्रिपरिषद्ले कार्यदल गठन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को त्यही निर्णय अनुसार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले २०७६ जेठ ३० मा पन्थीको संयोजकत्वमा ३ सदस्यीय मनर्यदल बनाएका थिए ।
ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष गणेश केसीलाई विज्ञका रूपमा सदस्य बनाइएको थियो । त्यस्तै, शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए ।
यस प्रकरणमा अहिलेसम्म वहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिवा रायमाझीका छोरा सन्दीप, योजनाकारहरू केशव दुलाल, सानु भण्डारीसहित ८ जना पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्री रायमाझी, बादलका छोरा प्रतीकलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया