भुटानी शरणार्थी प्रकरण : रायमाझी खोज्न विशेष प्रहरी परिचालन

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएर पक्राउ पूर्जी जारी भएपछि सम्पर्कवीहिन भएका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोज्न विशेष प्रहरी परिचालन भएको छ । प्रहरीले रायमाझीलाई खोज्न विशेष प्रहरी परिचालन गरेको एक उच्च अधिकृतले जानकारी दिए ।
रायमाझीको बुटवल र काठमाडौंमा विशेष प्रहरी परिचालन गरेर खोजी भइरहेको ती प्रहरी अधिकृतले बताए । रायमाझीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म पक्राउ गर्न नसकिए र संकेत पनि नपाएको प्रहरीले जनाएको छ ।
अघिल्लो साता बुटवलबाट फरार भएका रायमाझीको मोवाइलको अन्तिम लोकेशन बुटवलमा देखिएको थियो । त्यसपछि मोबाइल अफ रहेको र अहिलेसम्म उनी कहाँ छन् भन्ने कुनै जानकारी फेला नपरेको प्रहरी अधिकारीहरू बताउँछन् । केहीले भने रायमाझी काठमाडौँमा रहेकाे बताइरहेका छन् ।
रायमाझीका चालक र गाडी भने आफूहरूको सम्पर्कमा रहेको प्रहरीले बताएको छ ।
रायमाझीमाथि नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतो रहेको आरोप छ । गिरोहमा सक्रिय उनका छोरा सन्दीपलाई प्रहरीले बुधबार बेलुका बुटवलबाट पक्राउ गरेको छ ।
यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेका छन् ।
















जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया