गरिमा विकास बैंकको बोनस शेयर हितग्राही खातामा
मेरोन्यूज
२०८० वैशाख २६ गते १२:५४

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभाबाट पारित भएको १३ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा भएको छ । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको बैंकले जनाएको छ ।
साथै २०७९ पुष ८ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको हो । पुष ८ गते पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा भने उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको छ ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले पनि शेयर अभौतिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
सम्बन्धित















एमाले कार्यकर्ता र प्रहरीबीच झडप
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च
पत्नीको खुट्टा काटेर भागेका पति १४ दिनपछि पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया