एकै साथ ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

काठमाडौ । वैशाख सुशिला भुसालद्धारा लिखित दुई उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ ।
नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा ती दुई उपन्यासको लोकापर्ण गरेका छन् । उनले कठघरा उपन्यास १० बर्षे सशस्त्र जनयुद्धलाई केन्द्रीत भएर लेखिएको भन्दै त्यतिबेला मानिसहरुको रोजाई हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको बताएका छन् । उनले माओवादी सशस्त्र द्धन्द र त्यसको अवतरणपछि नेपालीमा समाजमा पारेको कुरालाई उपन्यासमा उल्लेख गरिएको बताए ।
उपमहासचिव ज्ञवालीले एलो सुइटमा सम्पत्तिले सन्तुष्टि प्राप्त गर्न सकिदैन भन्ने कुरा समेटिएको बताएका छन् । उनले भुसालले दुवै उपन्यासलाई सवैले बुझ्ने गरि नेपाली समाजको यर्थातलाई पस्केको बताए । पुस्तकमाथि बासुदेव अधिकारीले दुवै उपन्यासले समाजको यर्थाथलाई चित्रण गरेको उनले बताए ।
उपमहासचिव ज्ञवालीले कठघरा उपन्यासमा नेपाली समाजलाई नचाहदा नचाहदै सशस्त्र युद्धमा कसरी सामेल भए र हतियारलाई हेनेृ दृष्टिकोण कस्तो थियो भनेर लेखक भुसालले सरल भाषामा लेखेको बताए । उनले नेपालको वामपन्थी आन्दोलनभित्रको एउटा घार र प्रवृतिका अनेकन् दृश्यलाई उपन्सायमा समेटिएको बताए । ज्ञवालीले कठघरा उपन्यासले वामपन्थी आन्दोलनसंग सरोकार राख्ने पछिल्ला घटनाबारे पाठकलाई जानकारी समेत गराइएको बताए ।
एलो सुइटमाथि टिप्पणी गर्दै डा. विन्दु शर्माले उपन्यासमा महिलालाई नायकत्व गर्न खोजिएको बताईन् । उनले उपन्यासले सामुहिक नेतृत्व निर्माण गर्न महिलाले खेलेको भूमिकाको चित्रण गरिएको बताइन्।
यस्तै राष्ट्रिय जनसाहित्य सङ्घका अध्यक्ष राम विनयले समाजका न्यून वर्गिय पक्षमा साहित्य हुनुपर्ने बताए ।
लेखिका भुसालले उपन्यासमा १७ बर्षको अनुभवमा आफूले देखे भोगेका कुरालाई उतारिएको बताईन् । उनले कठघरा माओवादी सशस्त्र द्धन्द र येलो सुइट होटल व्यवसायमा काम गर्ने एकजना महिला कामदारको कथा रहेको बताइन् ।
















लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया