सशस्त्र प्रहरीद्वारा अढाई करोडको अवैध सामान बरामद

काठमाडौँ । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिँदा करिब २४ घण्टाको बीचमा अढाई करोड बढीको अवैध सामान तथा गाडी बरामद गरेको छ ।
सोमबार बिहान १० बजे देखि मंगलबार बिहान ८ बजेसम्म देशभरि सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलका विभिन्न युनिटले दुई करोड ५६ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो ।
जसमा कोशी प्रदेशका ईलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित यूनिटले ४ लाख ८६ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । यसैगरी मधेस प्रदेशअन्तर्गत सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित युनिटले २४ घण्टाको बीचमा दुई करोड ३६ लाख २८ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलबस्तु र बर्दिया जिल्लास्थित यूनिटले १० लाख ७६ हजार ५५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
















जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया