जिम्बावेमा वानडे विश्वकप छनोट खेल्ने नेपालसहितका १० टोलीको टुंगो

काठमाडौं । आगामी सेप्टेम्बरमा भारतमा हुने वानडे विश्वकपका लागि जुन–जुलाईमा जिम्बावेमा छनोट खेल्ने १० वटै टोलीको टुंगो लागेको छ । यो छनोटबाट विश्वकप खेल्नका लागि दुई टोली छनोट हुनेछन् ।
आईसीसी क्रिकेट विश्वकप सुपर लिगको अन्तिम शृंखलाको बंगलादेश र आयरल्याण्डबीचको खेल वर्षाले प्रभावित भई नतिजाविहीन बनेपछि आयरल्याण्डले अब विश्वकप छनोट खेल्नुपर्ने भएको हो ।
जसको फाइदा दक्षिण अफ्रिकालाई भएको छ । दक्षिण अफ्रिकाले सुपर लिगको शीर्ष आठमा रहेर सीधै विश्वकपमा स्थान पक्का गरेको हो ।
१३ टोली सम्मिलित सुपर लिगमा आयोजक भारतसहित शीर्ष आठ टोलीले विश्वकपमा स्थान बनाएका हुन् । पुछारका पाँच टोलीले भने अब जिम्बावेमा हुने १० टोली सम्मिलित छनोट प्रतियोगिता खेल्नुपर्नेछ ।
बंगलादेशसँगको खेल नतिजाविहीन बनेपछि आयरल्याण्ड ७३ अंकसहित ११औं स्थानमा पुगेको हो । आयरल्याण्डले अब बाँकी दुई खेल जिते पनि आठौं स्थानमा रहेको दक्षिण अफ्रिकालाई भेट्ने सम्भावना टरेको छ ।
दक्षिण अफ्रिकाको ९८ अंक छ । यदि आयरल्याण्डले बंगलादेशलाई सबै तीन खेलमा हराएर नेट रनरेटमा सुधार गरेको भए विश्वकपमा पुग्ने सम्भावना कायम थियो ।
अब जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा १० टोली टुंगो लागेको हो । छनोटमा ४ टेष्ट राष्ट्र वेष्ट इन्डिज, श्रीलंका, आयोजक जिम्बावे र आयरल्याण्डसँगै खेल्ने छन् । सुपर लिग खेलेको नेदरल्याण्ड्स सुपर लिगको अन्तिम पाँच स्थानमा रहेपछि विश्वकप छनोटमा आइपुगेको हो ।
यस्तै स्कटल्याण्ड, ओमान र नेपालले क्रिकेट विश्वकप लिग टु कोशीर्ष तीन स्थानमा रहेर विश्वकप छनोटमा स्थान बनाएका थिए । यस क्रममा नेपालले अन्तिम १२ मध्ये ११ खेलमा जित निकालेर शीर्ष तीनमा स्थान बनाएको थियो ।
यस्तै अमेरिका र यूएईले क्वालिफायर प्लेअफमा शीर्ष दुई स्थानमा रहेर विश्वकप छनोटमा स्थान बनाएका हुन् ।
अब यी १० टोलीबीच फाइनल पुग्ने दुई टोली भारतमा हुने वान डे विश्वकप खेल्नका लागि छनोट हुनेछन् ।
आईसीसीले समूह विभाजन गरेपछि कसले कुन टिमसँग खेल्ने टुङ्गो लाग्नेछ ।
विश्वकप छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष तीन स्थानमा रहने तीनरतीन गरी ६ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष दुई टोली फाइनल पुग्नदै विश्वकपमा छनोट हुनेछन् ।
















हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया