नक्कली भुटानी शरणार्थी प्रकरण
टोपबहादुर रायमाझी २२ दिनभित्र उपस्थित नभए स्वतः निलम्बनमा पर्ने

काठमाडौँ । एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी अब २२ दिन भित्र प्रहरीसामु उपस्थित नभए सांसद पदबाट स्वतः निलम्बनमा पर्ने भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव रायमाझीविरुद्ध प्रहरीले गत बुधबार (२० बैशाख) पक्राउ पूर्जी जारी गरेको थियो ।
पक्राउपूजी जारी भएको ३० दिनभित्र पक्राउ नपरे वा सदनमा उपस्थित नभए स्वतः सांसद पदबाट निलम्बनमा पर्ने व्यवस्था संगठित अपराध निवारण ऐन, २०७० मा छ ।
ऐनको दफा ५२ मा फरार रहेका व्यक्तिबारे लेखिएको छ, ‘संगठित अपराध गर्ने कुनै व्यक्ति पक्राउ गर्न नसकेको वा फरार रहेकोमा त्यस्तो व्यक्तिको नाममा पक्राउ पुर्जी जारी भएको ३० दिनको भोलिपल्टदेखि निज अदालतमा उपस्थित नभएसम्म देहायका कुरामा देहायबमोजिम हुनेछ ।’
दफाको उफदफा १(क)मा थप लेखिएको छ, ‘त्यस्तो व्यक्ति नेपाल सरकार, संवैधानिक निकाय वा कुनै सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था, स्थानीय निकाय, शैक्षिक वा प्राज्ञिक संस्था वा अन्य कुनै सार्वजनिक संस्थाको बहालवाला पदाधिकारी वा कर्मचारी भए आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिनेछ ।’
रायमाझी बहालवाला सांसद भएकाले यो प्रावधानअनुसार २२ दिनभित्र प्रहरी समक्ष वा संसद्मा उपस्थित नभए स्वतः निलम्बनमा पर्ने प्रहरी अधिकारी र कानुनका जानकारहरू बताउँछन् । अपराध निवारण ऐन, २०७० को सोही दफामा त्यस्तो अवस्थामा सम्पत्ति रोक्का राख्नका लागि विदेशमा रहेको अवस्थामा कूटनीतिक माध्यमबाट सुपुर्दगी गरेर ल्याइने पनि उल्लेख छ ।
प्रहरीले हिँजो मात्रै रायमाझीको घर छापा मारेको थियो ।
















बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
जुम्लामा बढ्यो चुनावी सरगर्मी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया