पूर्वगृहमन्त्री खाणलाई तीन दिन जिल्ला प्रहरी परिसर काठमाडौँमै राखिने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि म्याद थप भएको समय तीन दिन टेकुस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमै राखिने भएको छ।
उनलाई अनुसन्धानका लागि प्रहरीले तीन दिन म्याद थप गरेको छ । बुधबार बिहान मैजुबहालस्थित निवासबाट पक्राउ परेका खाणलाई बुधबार राति टेकु हिरासतमा राखिएको र म्याद थप भएको बाँकी समय पनि त्यही नै राखिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए।
खाणसँगै पक्राउ परेका उनका नीजि नरेन्द्र केसीलाई पनि यहीँ राखिएको छ। केसीलाई भने प्रहरीले अनुसन्धानका लागि ४ दिन म्याद थप गरेको छ ।
उनीहरूलाई बुधबार साँझ अबेर काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरेर टेकु लगिएको हो । यसअघि सञ्चारमाध्यममा दरबार मार्ग र सिंहदरबार बृत्तमा लैजाने भनेर आएका समाचार सत्य नभएको परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
बिहीबार उनलाई सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिने तयारी भएको प्रमुख अच्यूतमणि न्यौपानेले जानकारी दिए।
खाणसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ। पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरिसकेको छ ।
उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले ठगी तथा संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ।
















बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
जुम्लामा बढ्यो चुनावी सरगर्मी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया