भुटानी शरणार्थी प्रकरणमा अमेरिकाको पनि अनुसन्धान जारी छ : रविन्द्र मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रविन्द्र मिश्रले भुटानी शरणार्थी काण्डमा भइरहेको छानविनबारे अमेरिकाले पनि अनुसन्धान गरिरहेको बताएका छन् ।
उनले भुटानी शरणार्थी काण्डको छानविन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबिआइ’ले पनि गरिरहेको बताएका हुन् ।
सत्ता गठबन्धन दल नेपाली कांग्रेसकी सांसद आरजु देउवा र नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाको टिप्पणीलाई आधार मान्दै उनले अमेरिकाले पनि यस घटनामा चासो देखाएको बताएका हुन् ।
‘भुटानी शरणार्थीको विषय अमेरिकासँग जोडिएको छ, र उनीहरूको चासो र सम्भवतः गम्भिर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन,’ उनले भने ।
उनले सरकारलाई माओवादी शिविर घोटाला काण्ड, बालुवाटार काण्ड, बाल मन्दिर काण्ड, चाँदबाग काण्ड, वाइड बडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्डलगायत अन्य घटनामा किन कोही ठूला नेता गिरफ्तार हुँदैनन् ? भन्दै प्रश्न गरे ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया