सोमबार, माघ १९, २०८२

आफ्नै नागरिकलाई अनागरिक बनाएर तस्करी गर्नु निकृष्टतम अपराध : बाबुराम भट्टराई

मेरोन्यूज २०८० वैशाख २८ गते १६:५६

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नागरिकलाई अनागरिक बनाउनु निकृष्ट अपराधको भएको बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणबारे आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर मानव तस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाले राज्य शक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो ।’

उनले यस्ता अपराधको जति भर्त्सना गरे पनि कम हुने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी आदि विकृति आज हाम्रो देश नेपालको अति गम्भीर समस्या बनेको छ ।’

उनले निष्पक्ष ढंगले अनुसन्धानलाई अघि बढाएर यसलाई छिटो तार्किक निष्कर्षमा पुर्‍याउन माग गरेको छ ।

प्रतिक्रिया