प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
काठमाडौँ । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ ।
नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले उद्घाटन गरेको प्रतियोगितामा १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा १५ वटा क्लबको सहभागिता रहेको छ ।
नेपालमा टेनिस खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यका आयोजित उक्त प्रतियागिता जेठ ५ गतेसम्म जङ्गीअडस्थित टेनिस कोर्ट तथा दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा खुलातर्फ पुरुष एकल, महिला एकल र मिक्स युगल, भेट्रान्सतर्फ ३५ वर्षमाथि एकल र युगल, ४५ वर्षमाथि एकल र युगल, ५५ वर्षमाथि एकल र युगल, ६५ र ७० वर्षमाथि एकल तथा इन्टर गभरमेन्टलतर्फ पुरुष एकल र युगल विधाहरू समावेश गरिएको छ ।
विसं २०६८ बाट मकवानपुर टेनिस संघको प्राविधिक सहयोग र नेपाली सेनाको आयोजनामा हेटौँडामा सञ्चालन हुँदै आइरहेको सामरी स्ल्याम टेनिस प्रतियोगिताले कोभिड १९ महामारीलगायतका कारण निरन्तरता पाउन नसकेको हुँदा प्रतियोगितालाई निरन्तरता दिँदै अझ बृहद् र परिस्कृत रूपमा सञ्चालन गर्न यो प्रतियोगिता सुरु गरिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
















राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया