प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
काठमाडौँ । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ ।
नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले उद्घाटन गरेको प्रतियोगितामा १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा १५ वटा क्लबको सहभागिता रहेको छ ।
नेपालमा टेनिस खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यका आयोजित उक्त प्रतियागिता जेठ ५ गतेसम्म जङ्गीअडस्थित टेनिस कोर्ट तथा दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा खुलातर्फ पुरुष एकल, महिला एकल र मिक्स युगल, भेट्रान्सतर्फ ३५ वर्षमाथि एकल र युगल, ४५ वर्षमाथि एकल र युगल, ५५ वर्षमाथि एकल र युगल, ६५ र ७० वर्षमाथि एकल तथा इन्टर गभरमेन्टलतर्फ पुरुष एकल र युगल विधाहरू समावेश गरिएको छ ।
विसं २०६८ बाट मकवानपुर टेनिस संघको प्राविधिक सहयोग र नेपाली सेनाको आयोजनामा हेटौँडामा सञ्चालन हुँदै आइरहेको सामरी स्ल्याम टेनिस प्रतियोगिताले कोभिड १९ महामारीलगायतका कारण निरन्तरता पाउन नसकेको हुँदा प्रतियोगितालाई निरन्तरता दिँदै अझ बृहद् र परिस्कृत रूपमा सञ्चालन गर्न यो प्रतियोगिता सुरु गरिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।









चुनाव निर्धारित मितिमै हुन्छ, कुनै समस्या छैन : मन्त्री घिसिङ
राष्ट्रियसभा चुनावबारे अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच छलफल
साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
Serious review of slow economic growth imperative: Finance Minister Khanal
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया