सोमबार, माघ १९, २०८२

दरबारमार्ग जान नमानेपछि खाणलाई डिएसपी भरत शाहको कार्यकक्ष

मेरोन्यूज २०८० वैशाख २९ गते १०:३८

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरिएका पूर्वगृहमन्त्री खाणलाई जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी नायब उपरीक्षक(डिएसपी)को कोठालाई हिरासत कक्ष बनाइदिएको छ ।

काठमाडौँ प्रहरी परिसरका अनुसार कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खाणलाई परिसरले डिएसपी भरत साहको कक्ष उपलब्ध गराएको हो ।

प्रहरीले दरबारमार्गस्थित प्रहरी बृत्तमा लैजान खोजे पनि नमानेपछि खाणलाई डिएसपीको कक्ष उपलब्ध गराइएको स्रोतले बतायो ।

खाणलाई राख्ने भएपछि प्रहरीले शाहको कार्यकक्षमा राखिएका टेबुल–कुर्सी खाली गरेर सुत्ने खाटको व्यवस्था गरिदिएको परिसरले जनाएको छ ।

खाण सुत्ने विस्तारा भने घरबाटै पु¥याइएको छ । खाना पनि खाणले घरबाटै ल्याएको खान्छन् । पानी प्रहरीले कोठामै उपलब्ध गराएको छ । उनलाई नित्यकर्म तथा ‘फ्रेस’ हुन जुनियर प्रहरी अधिकृतको ट्वाइलेट तथा बाथरुम प्रयोग गर्न दिएको छ ।

परिसरले अन्य सर्वसाधारण अभियुक्तका लागि एउटा मात्रै थुनुवा कक्षको प्रबन्ध गरे पनि खाणलाई डिएसपीको कोठा उपलब्ध गराएको हो । हिरासतमा दैनिक कम्तीमा ४० थुनुवा रहने गर्छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई प्रहरीले बुधबार बिहान उनकै निवास चावहिल मैजुबहालबाट पक्राउ गरेको थियो । यही प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई भने सिंहदरबार बृत्तमा राखिएको छ ।

प्रतिक्रिया