सोमबार, माघ १९, २०८२

यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ

मेरोन्यूज २०८० वैशाख २९ गते १३:४९

काठमाडौँ । खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राई पक्राउ परेका छन् ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईका अनुसार राईलाई सोधपुछ गर्नका लागि पक्राउ गरिएको हो । उनले भने, ‘हामीले सोधपुछका लागि उनलाई पक्राउ गरेका हौँ ।’

आफूलाई कृषि विज्ञ बताउँदै आएका राईले फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया