सोमबार, माघ १९, २०८२

फरार टोपबहादुरको पत्र बोकेर आउने व्यक्ति खोज्न प्रहरीले लग्यो फुटेज

मेरोन्यूज २०८० वैशाख २९ गते १७:४८

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फारर एमाले सचिव टोपबहादुर रायमाझीको खोजी गर्न प्रहरीले नयाँ शिराबाट सुरु गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद्‍ सचिवालयबाट सीसीटीभी फुटेज लगेर सांसदसमेत रहेका रायमाझीको खोजीमा नयाँ शिरा तय गरेको हो ।

संसदमा आफू बिरामी भएको पत्र पठाएका रायमाझीको पत्र बोकेर आउने व्यक्तिको पहिचान गर्न प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।

‘मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद्‍ सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको छ,’ संसद्‍ सचिवालयले जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेसँगै रायमाझी फरार भएका छन् । उनको खोजी गर्न प्रहरीले सबै जिल्लामा कर्मचारी परिचालन गरेको छ ।

प्रतिक्रिया