लागुपदार्थ सेवनगरी सवारी चलाउने सात जना पक्राउ

काठमाडौं । लागुपदार्थ सेवनगरी सवारी साधन चलाउने सात जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुरको जगातीमा शुक्रवार गरिएको जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ पर्नेमा बा १० च २४०४ नम्बरको कारका चालक रामेछापका २९ वर्षीय वेदबहादुर राउत, बा १८ च ४०९६ नम्बरको कारका चालक भक्तपुरका २३ वर्षीय सुमित लासिवा, ना १ ज ५४८३ नम्बरको ट्याक्सीका चालक ओखलढङ्गाका २० वर्षीय पारस खड्का र बागमती प्रदेश ०२-००६ प २१२६ नम्बरको मोटरसाइकलका चालक सिन्धुपालचोकका १९ वर्षीय सुमन काफ्ले रहेका छन् ।
त्यस्तै बा ९९ प ७०९९ नम्बरको मोटरसाइकलका चालक काभ्रेका २१ वर्षीय राजकुमार भन्ने सुदिप खड्का, प्रदेश १-०१-०१३ प ४०५० नम्बरको मोटरसाइकलका चालक सुनसरीका २४ वर्षीय शिशिर रहेको कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको प्रहरीले जनाएको छ ।
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया