नक्कली भुटानी शरणार्थी प्रकरण
कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
शरणार्थी प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरुलाई बयानमा नपोल्न दबाब दिएको आरोपमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंबाट शुक्रबार नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गरेको छैन । शेर्पा त्यसअघि नै फरार रहेकाले खोजी कार्य जारी रहेको वप्रहरीले जनाएको छ । प्रकरणमा ठूला नाम संलग्न भएको र पक्राउ पर्न थालेपछि उनी मोवाइल स्वीचअफ गरेर फरार छन्।
शेर्पाले पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेको आरोप छ । उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाणलाई जोगाउन खोजेका थिए।
प्रहरीले यही प्रकरणमा पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ।
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया