शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
जावलाखेलका खेलाडी एनकोटो मासोबिकाले खेलको ३४औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए ।
त्यस्तै, खेलको ७६ औँ मिनेटमा हिसुब थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए । जाउलाखेलको २–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।
खेलको अन्तिम दश मिनेटको अन्तरमा मनाङले दुई गोल ग¥यो । खेलको ८०औँ मिनेटमा मनाङका विशन गुरुङले एक गोल फर्काए ।
खेलको अन्तिम मिनेटमा मनाङका अर्का खेलाडी सुमित श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा टुङ्गाए ।
यस खेलसँगै जावलाखेल ३१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । मनाङ २२ अङ्कसहित सातौँ स्थानमा छ ।









मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
प्रतिक्रिया