सोमबार, माघ १९, २०८२

टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

मेरोन्यूज २०८० जेठ १ गते १६:०५

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

वैशाख २० मा पक्राउ पुर्जी जारी भएसँगै उनी फरार हुँदै आएका थिए । उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट साेही दिन पक्राउ गरी हिरासतमा राखेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपप्रधानमन्त्रीसमेत बनेका रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया