बैंक खाताको पासवर्ड ह्याक गरी पैसा निकाल्ने व्यक्ति पक्राउ
मेरोन्यूज
२०८० जेठ १ गते १९:३२
मोरङ । जिल्लाको सुन्दरहरैचा नगरपालिका बिराटचोकमा रहेका दुई वटा बैंकबाट खाताको पासवर्ड ह्याक गरी पैसा निकाल्ने पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३६ वर्षीय देवराज सिक्देललाई प्रहरीले पक्राउ गरेको हो । सुन्दरहरैचा नगरपालिका ४ दुलारीस्थित आरए भिजन एकाउन्टेन सोलुसन प्रा.लि. फर्मका एकाउन्टेन्ट समेत रहेका उनले सोही फर्मका सञ्चालकको नबिल बैंक शाखा कार्यालय बिराटचोकमा रहेको बैंक खाताको पासवर्ड ह्याक गरी २८ हजार रुपैयाँ निकालिएको हो ।
यस्तै सोही फर्मका सञ्चालकका काकाको माछापुच्छ्रे बैंक शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट विभिन्न मितिमा ६६ हजार रुपैयाँ निकालेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर इलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया