बैशाखमा मात्रै चट्याङ लागेर पाँच जनाको मृत्यु

काठमाण्डौ । गत बैशाख महिनामा चट्याङ लागेर पाँच जनाको मृत्यु र ४३ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले वैशाख १ गतेदेखि मसान्तसम्म ४४ पटक परेको चट्याङबाट पाँच जनाको मृत्यु भएको र ४३ जना घाइते भएको जानकारी दिएको छ ।
जेठ एक गते राति चट्याङ लागेर दैलेखमा एकै घरका चार जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकलाई सुतिरहेकै बेला चट्याङ लागेको हो । उनीहरुको उपचार भइरहेको छ । हिजो पहाडी क्षेत्रका धेरैजसो ठाउँमा हावाहुरी र मेघगर्जनसहित चट्याङ परेको थियो।
चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न विज्ञहरूले सुझाव दिएका छन् । विज्ञका अनुसार चट्याङ पर्दा टेलिभिजन लगायतका सबै विद्युतीय उपकरणलाई बन्द गरेर तार निकाल्नु पर्छ।
यस्तै, यस्तो बेला मोबाइल नचलाउन, चार्ज नगर्न तथा पानीबाट पनि टाढा बस्न विज्ञको सुझाव छ । उनीहरुका अनुसार पानीले पनि विद्युत् प्रवाह गर्ने भएकाले चट्याङ पर्दा चलाउनु हुँदैन।
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया