मनसुनजन्य विपद् उद्धार गर्न तयारी रहन सशस्त्र प्रहरीका आईजीपीको निर्देशन

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको जेठ १ गते निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सबै युनिटहरुलाई यस प्रकारको तयारी गर्न निर्देशन दिएका हुन् ।
मनसुनको बारेमा पूर्व जानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउँदै उनले जति धेरै पूर्व तयारी गर्न सक्यौ त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार सारथी बन्न सकिने बताए ।
मुलुकमा आइपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्व तयारीका साथसाथै शारीरिक र मानसिक रुपमा समेत तयार रहन महानिरीक्षक अर्यालले निर्देशन दिए ।
विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन र आउनसक्ने प्राकृतिक जोखिमलाई समेत उत्ति नै ध्यान दिएर भूगोल र प्रकोपअनुसार कुनै पनि समयमा जस्तो सुकै परिस्थितिमा परिचालन हुन सक्ने ढंगले लाग्नसमेत शिक्षालयलाई उनले निर्देशन दिए ।
उनले शिक्षालयमा हाल संचालन भइरहेका विपद् उद्धार, गोताखोरलगायतका तालिमलाई हुन सक्ने जोखिमको पूर्वानुमान गरेर सोहीअनुसार परिमार्जन गर्दै लगिनेसमेत बताए ।
यस प्रकारको तयारीको लागि विशेष गरी पूर्व अभ्यास महत्वपूर्ण हुने भएकाले हाल सशस्त्र प्रहरी बलका देशभरिका युनिटहरूले सरोकारवाला अन्य निकायहरूको समेत सहकार्यमा तीव्रता दिएका छन् । आगलागी, बाढी पहिरो, दुर्घटना आदिमा गरिने उद्धारलाई यस्ता अभ्यासमा समावेश गरिएका छन् ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया