सोमबार, माघ १९, २०८२

अवैध चन्दा असुली गर्ने दुई जना पक्राउ

मेरोन्यूज २०८० जेठ २ गते १८:३०

काठमाडौँ । काठमाडौँका विभिन्न विद्यालय, कलेज, कम्पनी, व्यापारी, उद्योग, कलकारखाना, वैक्वेटलगायतबाट अवैध रूपमा चन्दा असुली गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौँ लैनचौरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैतडी बैतडी नगरपालिका ३ घर भई ललितपुर चाँगाथली बस्ने ४२ वर्षीय अमृत कार्की र सल्यान बागचौर नगरपालिका ६ घर भई काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय डि.वी. चन्द भन्ने धन बहादुर चन्द रहेका छन् ।

उनीहरूले अवैध रुपमा चन्दा माग गरी असुल उपर गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया