लखनउ सुपर जायन्ट्ससँग मुम्बइ ५ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्ससँग मुम्बइ इन्डियन्स पाँच रनले पराजित भएको छ ।
मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा भएको खेलमा लखउनले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बइले १७२ रन मात्रै बनाएर पाँच रनले पराजित भएको हो ।
मुम्बइलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो र टिम ढेविड र क्यामरुन ग्रीन क्रिजमा थिए । तर लखनउका मोहनसिन खानले जम्मा ५ रन मात्र दिए ।
मुम्बइका लागि ओपनर इशन किसनले ५९, कप्तान रोहित शर्माले ३७ र टिम डेविडले ३२ रन बनाए ।
लखनउका यश ठाकुर र रवी बिश्नोइले २, २ तथा मोहसिन खानले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको लखनउका लागि मार्कुस स्टोइनिसले ४७ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ८९ रन बनाए । कप्तान क्रुनल पाण्ड्याले ४९ र क्वेन्टन डे ककले १६ रन बनाए । मुम्बइका जासोन बेहरनडोर्फले दुई तथा पियुष चावलाले एक विकेट लिए ।
जितपछि १३ खेलबाट १५ अंक जोडेको लखनउ मुम्बइलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिदै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । चेन्नाइको पनि समान १५ अंक भएपनि नेट रनरेटमा लखनउ पछि छ । मुम्बई १५ खेलबाट १४ अंकसहित चौथो स्थानमा झरेको छ ।
अहिलेसम्म साविक विजेता गुजरात टाइटन्स प्लेअफ पुगिसकेको छ भने हैदरावाद र दिल्ली क्यापिटल्स लिगबाटै बाहिरिसकेका छन् । बाँकी ७ टिम प्लेअफको बाँकी तीन स्थानमा रहने होडमा छन् ।
















वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया