मंगलबार, मंसिर १६, २०८२

लखनउ सुपर जायन्ट्ससँग मुम्बइ ५ रनले पराजित

मेरोन्यूज २०८० जेठ ३ गते ६:२७

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्ससँग मुम्बइ इन्डियन्स पाँच रनले पराजित भएको छ ।

मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा भएको खेलमा लखउनले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बइले १७२ रन मात्रै बनाएर पाँच रनले पराजित भएको हो ।

मुम्बइलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो र टिम ढेविड र क्यामरुन ग्रीन क्रिजमा थिए । तर लखनउका मोहनसिन खानले जम्मा ५ रन मात्र दिए ।

मुम्बइका लागि ओपनर इशन किसनले ५९, कप्तान रोहित शर्माले ३७ र टिम डेविडले ३२ रन बनाए ।

लखनउका यश ठाकुर र रवी बिश्नोइले २, २ तथा मोहसिन खानले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउका लागि मार्कुस स्टोइनिसले ४७ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ८९ रन बनाए । कप्तान क्रुनल पाण्ड्याले ४९ र क्वेन्टन डे ककले १६ रन बनाए । मुम्बइका जासोन बेहरनडोर्फले दुई तथा पियुष चावलाले एक विकेट लिए ।

जितपछि १३ खेलबाट १५ अंक जोडेको लखनउ मुम्बइलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिदै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । चेन्नाइको पनि समान १५ अंक भएपनि नेट रनरेटमा लखनउ पछि छ । मुम्बई १५ खेलबाट १४ अंकसहित चौथो स्थानमा झरेको छ ।

अहिलेसम्म साविक विजेता गुजरात टाइटन्स प्लेअफ पुगिसकेको छ भने हैदरावाद र दिल्ली क्यापिटल्स लिगबाटै बाहिरिसकेका छन् । बाँकी ७ टिम प्लेअफको बाँकी तीन स्थानमा रहने होडमा छन् ।

प्रतिक्रिया