वन्यजन्तुका अङ्ग बिक्रीको आरोपमा नौ पक्राउ

चितवन । वन्यजन्तुको अङ्ग अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा नौ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ खड्गदल गणबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत वैशाख ३१ गते भरतपुर महानगरपालिका क्षेत्रमा आखेटोपहार बिक्री व्यवसाय गर्ने व्यक्ति भेटिएपछि सोधपुछ गर्दा आखेटोपहार गोरखाको दशकिलो भन्ने ठाउँमा लुकाएर राखेको सूचना प्राप्त भएको थियो ।
सो सूचनाका आधारमा खोजतलास गर्दा गोरखाको दशकिलोबाट तीन जना महिलालाई जरायोको सिङजस्तो देखिने आखेटोपहार बिक्री व्यवसाय गर्ने मनसायले राखेको अवस्थामा पक्राउ गरिएको हो ।
जेठ १ गते गोरखाकै पालुङटार नगरपालिका वडा नम्बर ६ बाट पनि पाँच जना पुरुष र एक जना महिला गरी छ जनालाई एकसिङ्ग गैँडाको खागजस्तो देखिने वन्यजन्तुको आखेटोपहार खरिद बिक्री व्यवसाय गर्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गोरखामा पठाइएको छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया