डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षको नियुक्ति एक सातामै चट्
प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमन्त्रीका रुपमा गरेको नियुक्ति मोहन बहादुर बस्नेतले एक सातामै बदर गरिदिएका छन्

काठमाडौं । सरकार अदलबदल हुँदा राजनीतिक नियुक्ति फेरबदल हुनु नेपालमा सामान्य जस्तै हो । एउटा सरकार वा पार्टीले गरेको निर्णय अर्काे सरकार वा अर्काे पार्टी सरकारमा आउँदा फेरिने क्रम नेपालमा चल्दै आएको छ । आफना कार्यकर्तालाई नियुक्ति दिलाउन यसरी सरकार अदलबदल हुँदा नियुक्ति पनि अदलबदल हुने गरेको छ ।
तर सरकार अहिले कांग्रेस, माओवादी लगायतका दलको संयुक्त सहकार्यमा बनेको छ । प्रधानमन्त्री छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनले आफुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत कार्यभार सम्हालेका बेला गत साता मात्रै नियुक्त गरेका एक राजनीतिक नियुक्ति कांग्रेसका स्वास्थ्यमन्त्री आउने वित्तिकै बदर गरिदिएका छन् ।
एक साता पनि नवित्दै नियुक्ति बदर हुने पात्र हुन् लक्ष्मण सिंह । नेपाल सरकारको मातहतमा सञ्चालन हुने गरि केन्द्रिय स्तरको अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिह लाइ नेपाल सरकारले मनोनित गरेको थियो ।
नेपाल सरकार प्रधानमत्री एव स्वास्थ्य तथा जनसख्यामत्री स्तरिय मिति २०८० वैशाख १७ गतेको निर्णय अनुसार मिति २०८० वैशाख २३ गते देखि लागु हुने गरी उनलाइ अध्यक्ष पदमा मनोनित गरिएको थियो । अध्यक्षमा नियुक्त भएको तिन वर्ष अर्थात २०८३ वैशाख २२ गते सम्म तिन वर्षको कार्यकाल रह्ने गरी उनलाई नियुक्ति दिइएको थियो ।
तर उनको नियुक्ति एक सातासम्म पनि टिकेन । कांग्रेसका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा आएका मोहनबहादुर बस्नेतले उनको नियुक्ति एक सातामै बदर गरिदिए ।
लक्ष्मण सिहको नियुक्ति बस्नेतले आजकै मितिदेखि बदर गरेका हुन् ।
सुदुर पश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा रहेको डडेल्धुरा अस्पताल सुदुरपश्चिमकै ठुलो र स्तरिय अस्पताल वनाउन लागेका छन। सुदुरपश्चिम विश्वविधालयले डडेल्धुरा अस्पताल लाइ मेडिकल कलेज सञ्चालन गर्ने भनि स्वास्थ्य विज्ञान डिनको कार्यालय डडेल्धुरामा स्थापना गरेको छ।
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया