गृहसचिव भट्टराईले दिए सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन

काठमाडौँ । गृहसचिव दिनेश भट्टराईले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गरी सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय निरीक्षण भ्रमणका क्रममा गृहसचिव भट्टराईले नेपाल सरकार गृह मन्त्रालय नेतृत्वबाट अगाडि सारिएका मूल्य मान्यता, निष्ठा र आदर्शलाई आत्मसाथ गर्दै कानून र विधिद्वारा स्थापित आफ्नो जिम्मेवारीहरु समेत मनन गर्दै राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर तोकिएको जिम्मेवारीहरु व्यावसायिक ढंगले उच्च मनोबलका साथ बहन गर्न संगठनका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
उनले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, संगठनात्मक संरचना, काम कर्तब्य र अधिकार, जिम्मेवारी अन्तर्गतका विषयहरुमा शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, दंगा नियन्त्रण, सार्वजनिक सम्पतिको संरक्षण, राजस्व, भन्सार तथा औधोगिक सुरक्षा, कानुनको कार्यान्वयन, विशिष्ट ब्यक्तिहरुको सुरक्षा लगायतका विषयहरुमा संगठनबाट भएगरेका गतिविधि, प्राप्त भएका उपलब्धी र अगाडि देखा परेका समस्या तथा चुनौतिहरुलाई समेटेर गरिएको प्रस्तुतिकरणले संगठनको समग्र कृयाकलाप बारे थप जानकारी प्राप्त भएको बताए ।
गृहसचिव भट्टराईले सशस्त्र प्रहरी बल नेपालले सीमित श्रोत साधनको बावजुद कठिन परिस्थिति र स्थानमा समेत सीमा सुरक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरुको सुधारको लागि समयानुकुल बन्दोवस्ती व्यवस्थापनमा गृह मन्त्रालय सदैव सकारात्मक रहेको साथै सशस्त्र प्रहरी बल नेपाललाई प्रविधि मैत्रि, चलायमान र सीमा सुरक्षाको डेडिकेटड फोर्स बनाउनुपर्ने उल्लेख गरे ।
उनले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बलका कर्मचारीहरुले सक्षमता, निपूर्णता तथा तदारुकताका साथ कार्य गर्नु हुनेछ भन्ने अपेक्षा राखेको बताउँदै विपद् प्रतिकार्यमा सशस्त्र प्रहरी बल नेपालको भुमिका सह्रानिय रहेको र मन्सुनजन्य कार्यमा पूर्व तयारीमा जुट्नुपर्ने समेत बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापन गर्दै गृहसचिव भट्टराईबाट भएका निर्देशनलाई अक्षरस पालना गरी इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिए ।
महानिरीक्षक अर्यालले संगठनका राष्ट्रसेवकहरु व्यावसायिक कौशल र बफादारिता एवं लगनशिलताका साथ परिचालित हुँदै नागरिक सुरक्षा, विपद् उद्दार तथा व्यवस्थापन र सीमा सुरक्षामा दरिलो खम्बा बनेर अहोरात्र परिचालित भइरहेको साथै राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षाका खातिर सशस्त्र प्रहरी बल नेपाल सदा सर्वदा प्रतिवद्ध रहेको बताए ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया