ढुंगा लागेर यार्सागुम्बा संकलकको मृत्यु
मेरोन्यूज
२०८० जेठ ५ गते १०:०४

दार्चुला । दार्चुलामा ढुंगाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ । अर्का एक संकलक घाइते भएका छन् ।
यार्सागुम्बा संकलनका क्रममा बिहीबार ढुंगाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
यार्सागुम्बा संकलन गर्ने क्रममा माथिबाट खसेको ढुंगाले उनको टाउकोमा चोट लागेको थियो । ऐतवालको घट्नास्थलमै मृत्यु भएको उनले बताए ।
सितापुल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ । सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए ।
सम्बन्धित











राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया