सोमबार, चैत १६, २०८२

तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने सरकारको घोषणा

मेरोन्यूज २०८० जेठ ५ गते १६:४४

काठमाडौँ । सरकारले तीनै तहको सरकारबीचको समन्वयमा सामुहिक खेली लाई प्रोत्साहन गर्ने बताएको छ । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदमा प्रस्तुत गदै त्यस्तो घोषणा गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने सरकारले बताएको छ ।

राष्ट्रपति पौडेलले कृषिको उत्पादन बढाइ आत्मानिर्भरता हासिल गर्न सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताएका हुन् ।

कृषकले उत्पादन गरेको वस्तुको बजारीकरण साथै एकीकृत राष्ट्रियसम्बन्धी कानुन र कृषि अनुसन्धान निति तर्जुमा गरिने, गुणस्तरीय बीउबिजनमा देशलाई आत्मानिर्भर बनाइने नीति सरकारले बनाएको छ ।

प्रतिक्रिया