सोमबार, मंसिर १५, २०८२

ए डिभिजन लिगः एपीएफमाथि हिमालयन शेर्पा विजयी

मेरोन्यूज २०८० जेठ ५ गते १८:०४

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा हिमालयन शेर्पाले एपीएफलाई ३(२ गोल अन्तरले पराजित गरेको हो ।

हिमालयन शेर्पाको जितमा खामिर गिल्सन, पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरेका थिए । त्यस्तै एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल गरेका थिए ।

जारी लिगमा हिमालयन शेर्पाको यो छैटौं जित हो । यो जितपछि हिमालयन शेर्पाको १९ खेलमा २४ अंक भएको छ । त्यसैगरी एपीएफको १९ खेलमा २२ अंक रहेको छ ।

त्यसैगरी आजै सम्पन्न अर्को खेलमा त्रिभुवन आर्मी क्लब र खुमलटार क्लब २(२ गोलको बराबरीमा रोकिएका छन् ।

यो बराबरीपछि त्रिभुवन आर्मी क्लबको १९ खेलमा २६ अंक भएको छ भने खुमलटारको १९ खेलमा १८ अंक भएको छ ।

प्रतिक्रिया