ग्राहकको खाताबाट डेढ करोड चोरी गरेकाे आराेपमा एभरेष्ट बैंकका प्रबन्धकसहित ९ जना पक्राउ

इटहरी । एभरेष्ट बैंकमा ग्राहकको खाताबाट डेढ करोड बढी रकम चोरी भएको छ । बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो ।
विभिन्न ३३ जना ग्राहकको खाताबाट उक्त रकम चोरी गरेको खुलेपछि प्रहरीले बैंकका इटहरी शाखा प्रबन्धकसहित ९ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैंकका शाखा प्रबन्धक सिन्धुपाल्चोकका ४२ वर्षीय विश्वराज शाक्य, अप्रेसन इन्चार्ज विराटनगरका निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर धावा लामा, कनिष्ट सहायकहरू भोजपुरका मनोज घिमिरे, इटहरीका देवराज घिमिरे, रन्जित पण्डित र टेलर पवित्रा कटवाल रहेका छन्। त्यस्तै धनुषाका शंकर भुजेल र भक्तपुरका अजय खिउजुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले बैंकको कम्प्युटर आइडी पासवर्ड दुरुपयोग गरी कनेक्ट आइपीएसमार्फत् १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको एक करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम नक्कली चेकमार्फत् निकालेका हुन् ।
साथै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ झिकेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया