कृषि उत्पादन बृद्धि प्रदेशको प्राथमिकताः मुख्यमन्त्री पाण्डे

बलेवा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, सम्मान तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै आज बागलुङमा उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने बताए ।
“अहिले भर्खरै हामिले उद्योग चलाउँछौं, रोजगारी सिर्जना गर्छौं भनेर सम्भव छैन्, हाम्रो जमिनको उपयोग र कृषिको उत्पादनबाट हामीले समृद्धिको सुरुवात गर्नुपर्ने छ”, उनले भने, “हामीले स्पष्ट नीति नबाएर सहकारी वा समूहमार्फत सामूहिक खेती प्रणालीको सुरुवात गर्छौं, सामूहिक रुपमा व्यावसायिक खेती गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम आगामी वर्ष नै ‘पाइलट प्रोजेक्ट’का रुपमा सुरुवात हुने उनले सुनाए ।
स्थानीय तहहरुलाई पकेट क्षेत्र मानेर सोही अनुसारको उत्पादनमा जोड दिने नीतिको तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ थियो । उनले प्रदेश सरकार टुक्रे योजना र बजेटलाई नियन्त्रण गर्ने तयारीमा रहेको बताए ।
“अब प्रदेशले कनिका छरेझैं बजेट बाँड्दैन्, स–साना काम गरेनन् भनेर प्रदेशका माननीयलाई गाली नगर्नुहोला”, उनले भने, “हामिले स्थानीय तहले नसकेका योजनामा लगानी गर्छौं, जसले दिर्घकालिन महत्व राखुन ।” स–साना टुक्रे काम गर्ने जिम्मेवारी स्थानीय तहको भएको उनको धारणा थियो ।
मुख्यमन्त्री पाण्डेले अराजकताको बलमा उदाएका शक्तिहरुले लोकतन्त्र र गणतन्त्रलाई सङ्कटमा धकेलेको आरोप समेत लगाए ।
“जनप्रतिनिधि होस् वा पार्टीको नेतृत्व एक वर्षमा काम ग¥यो गरेन् भनेर मुल्याङ्कन गर्ने होइन, एक वर्षमा त कामको सुरुवात गर्ने दिशा समात्यो कि समातेन भनेर हेर्ने हो”, उनले भने । उनले बागलुङका प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, पूर्व जनप्रतिनिधि तथा विभिन्न सामाजिक क्षेत्रका ६० जनाभन्दा धेरैलाई सम्मान गरेका थिए ।
















भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया