दुबई पठाउने भन्दै साढे नौ लाख रुपैयाँ ठगी गर्ने युवक पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा दुबई पठाइदिने भन्दै ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका ६ कात्तिके देउराली घर भएका २९ वर्षीय उमेश रिमाल पक्राउ परेका छन् ।
हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका १० कपन आकाशेधारा बस्ने रिमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले १७ जना पीडितलाई वैदेशिक रोजगारका लागि दुबईको कुखुरा फर्ममा काम मासिक ५० हजार रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी ठगेका थिए ।
उनले पीडितहरूबाट पटक पटक नौ लाख ५० हजार रूपैयाँ रकम ठगी गरेकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो ।
सोही पत्रका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगर ३१ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया