मंगलबार, माघ २०, २०८२

स्विजरल्याण्डको सपना देखाएर सात लाख रुपैयाँ ठग्ने महिला पक्राउ

मेरोन्यूज २०८० जेठ ८ गते १७:५२

काठमाडौँ । वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ४ घर भई हाल बाँके कोहलपुर नगरपालिका ११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापा रहेकी छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
 
थापाले पीडितलाई वैदेशिक रोजगारका लागि स्विजरल्याण्डको सुपर मार्केटमा प्याकिङको काम लगाइदिने र मासिक एक लाख रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी सात लाख २० हजार रूपैयाँ ठगी गरेकी हुन् ।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगर २६ गोंगबुबाट पक्राउ गरेको हो ।
 
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया