रुसको दाबीलाई युक्रेनले गर्यो अस्वीकार
मेरोन्यूज
२०८० जेठ ८ गते २१:२०

काठमाडौँ । मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।
‘युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको,’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले भने ।
युक्रेनले यसअघि रुसको भूभागमा भएको कयौं तोडफोड आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो । रुसले यसअघि युक्रेनबाट बेल्गोरोड क्षेत्रमा तोडफोड गर्ने समूह प्रवेश गरेको र रुसी सेना र एजेन्टहरूले उनीहरूलाई निश्तेज पार्ने प्रयास गरिरहेको बताएको थियो।
यता, पोडोल्याकले भने त्यस्ता गतिविधिमा रूसी गुरिल्ला समूहहरू जिम्मेवार हुन सक्ने बताएका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया