कीर्गिस्तानले बङ्गलादेशलाई हरायो

काठमाडौं । एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई पराजित गर्दै विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । समूह ‘ए’ मा रहेका यी दुवै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन् । यस समूहबाट नेपाल र भारत एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् ।
आजको खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–११ र तेस्रो तथा अन्तिम सेट २५–२० ले हरायो । राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् ।
समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
एनपिएलमा पहिलोपटक विदेशी कप्तान
प्रतिक्रिया