बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
मेरोन्यूज
२०८० जेठ १० गते १३:५२

मकवानपुर । हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । आज बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि–७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी स्याक्तानलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अस्पताल आइपुग्नासाथ उनलाई डाक्टरले मृत घोषण गरेका थिए ।
बस चालक इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया