रेशम चौधरीलाई जेलमुक्त गर्न सरकारको तयारी, राष्ट्रपति कार्यालयमा पुग्यो निवेदन

काठमाडौँ । सरकारले रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी गरेको छ । टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफी गर्ने भएको हो ।
उनको बाँकी जन्मकैदको सजाय माफी गर्न निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ । यसबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र चौधरीको टिमका प्रतिनिधि राष्ट्रपति निवास पुगेका थिए ।
गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार पूर्वसांसदसमेत रहेका चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमाथि अध्ययन भइरहेको छ ।
यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका चौधरीलाई सर्वोच्च अदालतले पनि गत २ जेठमा जन्मकैदको फैसला सदर गरेको थियो ।
चौधरी १५ फागुन, २०७४ देखि डिल्लीबजारस्थित कारागारमा रहँदै आएका छन् । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले १५ वर्ष कैद सजाय मिनाहा पाउने भएका छन् ।
















टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया