नामिबियाद्वारा १० अर्ब डलरको हाइड्रोजन परियोजना स्वीकृत
काठमाडौँ । नामिबियाको सरकारले १० अर्ब अमेरिकी डलरको हाइड्रोजन परियोजना स्वीकृत गरेको छ ।
नामिबियन कम्पनी हाइफन हाइड्रोजन एनर्जीद्वारा सञ्चालन गरिने सो परियोजना यस दशकको अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन हुने र वार्षिक रूपमा करिब २० लाख टन हरियो अमोनिया उत्पादन गर्ने अपेक्षा गरिएको छ ।
उक्त परियोजनाले क्षेत्रीय र विश्वव्यापी बजारको मागलाई पूरा गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । यस परियोजनाले देशको अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन गर्दै र यसलाई विश्वव्यापी हरित ऊर्जा बजारमा प्रमुख खेलाडीको रूपमा स्थापित गर्नुका साथै थप समृद्ध भविष्यतर्फ नामिबियाको सङ्क्रमणमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा विकसित हुने विश्वास गरिएको छ ।
उक्त परियोजना नामिबियाको राष्ट्रिय एजेन्डा हारामबी समृद्धि योजनासँग मिल्दोजुल्दो रहेको र आर्थिक रूपान्तरणका लागि उत्प्रेरकको रूपमा इन्धन उद्योगको अन्वेषणलाई जोड दिने बताइएको छ ।
“हामी आफ्नो देश, क्षेत्र र सिङ्गो विश्वमा धेरैको जीवन परिवर्तन गर्ने सम्भाव्य भएको परियोजनाको यात्रामा उत्कटताका साथ लागेका छौँ”, राष्ट्रपति हेज गिन्गोबले भने ।
हाइफन हाइड्रोजन एनर्जीले परियोजनाको प्राविधिक, वित्तीय, वातावरणीय, सामाजिक र व्यावसायिक पक्षहरूको निरीक्षण गरिँदै छ ।
साथै नामिबिया सरकारले देशको हरित हाइड्रोजन उद्योगको स्थापना र दिगो सञ्चालनलाई समर्थन गर्दै आवश्यक भूमि उपलब्ध गराएर बलियो कानुनी, वित्तीय र नियामक ढाँचा स्थापना गरेर योगदान गर्ने बताइएको छ ।
हरित हाइड्रोजन उद्योगको विकासका लागि वित्तपोषण गर्न र सरकारको सहभागितालाई जनाउन विभिन्न विश्वव्यापी साझेदारहरूबाट पाँच सय ७८ मिलियन अमेरिकी डलरभन्दा बढी रकमको कोष सुरक्षित गरिएको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया