अस्वस्थ रहेको भन्दै इन्द्रजित राईद्वारा बयान दिन इन्कार !

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी इन्द्रजित राईले जिल्ला अदालतका न्यायाधीशसमक्ष बयान दिन घुमाउरो पारामा इन्कार गरेका छन् । ‘स्वास्थ्य ठीक’ नभएको बयान दिन इन्कार गरेका राई अहिले अदालतमै आफ्ना वकिलसँग छलफलमा जुटेका छन् । राईले स्वास्थ्य ठीक भएमा ‘टि–ब्रेक’ पछि आफूले बयान दिने बताएको निकटस्थ स्रोतले जानकारी दियो ।
आफूले बयान दिँदा मुख्य विषयमा अलमल परिन्छ कि भनेर बयान दिन घुमाउरो पालामा राईले इन्कार गरेको अदालत स्रोतले बतायो ।
शुक्रबार सागर राई र केशवप्रसाद दुलालको बयान न्यायाधीशसमक्ष लिइएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् ।
गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो । कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।
















मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
पुराना दललाई रविको चुनौती : जो जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
प्रतिक्रिया