शनिबार, वैशाख २६, २०८३

पोखराको रत्न मन्दिर जनताका लागि खुला

मेरोन्यूज २०८० जेठ १५ गते १२:२१

पोखरा । पोखराको फेवाताल किनारमा रहेको रत्नमन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ । पूर्वराजाहरुले प्रयोग गरेको रत्नमन्दिर सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन सुबैका लागि खुला गरेका हुन् ।

Advertisement
NiccNicc

तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट निर्माण गरेको रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो ।वि.सं २०१३ मा निर्माण सुरु गरिएको दरबार पछि राजा वीरेन्द्रको नाममा आएको थियो ।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर हाल ट्रष्टको स्वामित्वमा छ ।

गणतन्त्र स्थापना भएको १५ वर्षपछि खुला भएको रत्न मन्दिरमा अवलोकनका लागि टिकटको व्यवस्था गरिने नेपाल ट्रष्ट सदस्य योङजोम शेर्पाले जानकारी दिइन् ।

आज पहिलो दिन भने निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया