खेलाडीहरु स्वरोजगार बन्न चाहे युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०÷०८१ लाई युवा उद्यमशीलता प्रवद्र्धन वर्षका रुपमा मनाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्रीले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको बताएका हुन् ।
उनले राष्ट्रिय युवा परिषद्मार्फत विकास निर्माण तथा समाजसेवा युवा स्वयंसेवक परिचालन गरिने बताए । उनले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तर क्रिकेट रंगशालाको रुपमा विकास गर्ने बताए ।
उनले मुलपानी क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने, विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडियम बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्ण समशेर क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्थापन गरेको बताउनु भयो । उहाँले निर्माणाधीन, धनगढी, इटहरी, पोखरा र नेपालगञ्जको रंगशालाको प्रदेश कभर्ड हल निर्माणका लागि बजेट व्यवस्था गरेको बताउनु भयो । उहाँले १९ औं दक्षिण एशियाली खेलकुद र १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन बजेट व्यवस्था गरेको पनि बताए ।
अर्थमन्त्रीले भने, ‘आर्थिक वर्ष २०८०÷०८१ लाई युवा उद्यमशीलता प्रवद्र्धन वर्षका रुपमा मनाइने छ । खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको छु । राष्ट्रिय युवा परिषद्मार्फत विकास निर्माण तथा समाजसेवा युवा स्वयंसेवक परिचालन गरिनेछ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तर क्रिकेट रंगशालाको रुपमा विकास गरिनेछ । यस रंगशालामा फ्लड लाइट राख्ने कार्य सम्पन्न गरिनेछ । मुलपानी क्रिकेट रंगशाला निर्माण सम्पन्न गरिनेछ । विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडियम बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्ण समशेर क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरेको छु । निर्माणाधीन, धनगढी, इटहरी, पोखरा र नेपालगञ्जको रंगशालाको प्रदेश कभर्ड हल निर्माणका लागि बजेट व्यवस्था गरेको छु । १९ औं दक्षिण एशियाली खेलकुद र १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन बजेट व्यवस्था गरेको छु ।’
















पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया