चेन्नई पाँचौँपल्ट आईपीएल च्याम्पियन

काठमाडौँ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ । महेन्द्रसिंह धोनीको टिम चेन्नईले सोमबार गुजरातको अहमदाबादमा आयोजित आईपीएल–२०२३ को फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै पाँचौँपल्ट च्याम्पियन बनेको हो ।
यसअघि चेन्नई २०१०, २०११, २०१८ र २०२१ मा च्याम्पियन बनेको थियो ।
चेन्नईले फाइनलमा टाइटन्सलाई ५ विकेटले हरायो । गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई २१५ रनको विजयी लक्ष्य दिएको थियो । तर पहिलो ओभरको तीन बलमै वर्षाले खेल रोकिएपछि ओभर घटाइएको थियो । डक वर्थ लुइस नियमअनुसार ओभर घटाउँदै चेन्नईलाई १५ ओभरमा १७१ रनको लक्ष्य दिइएकोमा चेन्नईले त्यो लक्ष अन्तिम बलमा भेटायो ।
चेन्नईका लागि डेभोन कनवेले ४७, शिवम दुवेले ३२, रन बनाए । रवीन्द्र जडेजाले १५, रुतुराज गायकवाडले २६ रन बनाए ।
गुजरातका लागि मोहित शर्माले ३ र नूर अहमदले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ९६, रिद्धिमान साहले ५४, कप्तान हार्दिक पाण्ड्याले २१ र शुभमन गिलले ३९ रन बनाए । उनले साहसँग पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरे ।
चेन्नईका लागि मथीसा पथिरानाले २ तथा दीपक चहर र रवीन्द्र जडेजाले १,१ विकेट लिए ।
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया