उपप्रधानमन्त्री खडकाकी बुहारीको कार दुर्घटनामा मृत्यु

बाँके । सवारी दुर्घटनामा परी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी बुहारीको मृत्यु भएको छ।
मंगलबार साँझ भएको सवारी दुर्घटना परी घाइते भएकी उपप्रधानमन्त्री खडकाको माइली बुहारी सञ्जु खडकाको उपचारको क्रममा मृत्यु भएको हो । साथै, कारका चालक गोरखा आँपपिपल–५ का ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ ।
कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बाँकेवाट सुर्खेततर्फ जाँदै गरेको उनीहरु सवार कार बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै बससँग ठोक्किँएको जानकारी दिए ।
दुर्घटनापछि खडका, उनका चालक र बसमा यात्रारत ८ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याईएको थियो । तर, उपचारका क्रममा बुहारी खडका र उनका सवारी चालक अधिकारीको मृत्यु भएको हो ।
मृतक सञ्जु उपप्रधानमन्त्री खड्काका माइला भाइ डम्बर खड्काकी श्रीमती हुन्। मृतक सञ्जु र डम्बरका दुई छोरा छन्। उनका श्रीमान डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशकसमेत हुन्।
कार र बस एक आपासमा ठोक्किदा कार पुरै क्षतिग्रस्त भएको छ भने बसको अगाडीको भाग पुर्ण रुपमा क्षति भएको छ।











सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
सरकारका प्रवक्ताले भेटे देउवा, ओली र प्रचण्ड, के-के भयाे कुराकानी ?
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया