लियोनल मेस्सीले छाडे पीएसजी, अन्तिम खेल शनिबार खेल्दै

काठमाडौँ । विश्वविजेता अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेस्सीले पेरिस सेन्ट(जर्मेन (पीएसजी) छाड्ने भएका छन् । उनले उक्त क्लबबाट अन्तिम खेल शनिबार क्लेरमोन्टविरुद्ध खेल्ने भएका छन् ।
पीएसजीका म्यानेजर क्रिस्टोफे गाल्टियरले बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेस्सीले क्लब छाडेको पुष्टि गरेका हुन् । उनले भने, ‘पीएसजीमा मेस्सीको अन्तिम खेल क्लेरमोन्टविरुद्ध हुनेछ, मैले इतिहासमै सर्वोत्कृष्ट फुटबलरलाई प्रशिक्षण दिने सौभाग्य पाएँ ।’
सन् २०२१ मा बार्सिलोना छाडेर मेस्सी पीएसजीसँग आबद्ध भएका थिए । फ्रेञ्च मिडियाहरुले मेस्सी पुनः क्याम्प नाउ अर्थात बार्लिलोनामा फर्किन सक्ने जनाएको छ ।
उनलाई इन्टरमियामीसँगै एसियाली क्लबहरूले पनि राम्रो प्रस्ताव राखिरहेको समाचारमा जनाइएको छ । यसअघि साउदी अरेबियाको अल–हिलाल मेस्सीसँग सम्झौता गर्ने अन्तिम तयारीमा रहेको समाचार बाहिरिएको थियो ।

















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया