ज्यानसम्बन्धी कसूर अपराधका फरार व्यक्ति १० वर्षपछि पक्राउ
मेरोन्यूज
२०८० जेठ १८ गते २१:०८
काठमाडौँ । ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति सर्लाही ईश्वरपुर नगरपालिका ८ चौधरी बस्ती बयलवास बस्ने ४० वर्षीय नरेश चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिरहा कर्जन्हा नगरपालिका १० बगाहा खोलाको पुल मुनी तनहुँ पोखरी भन्ज्याङ घर भई नवलपरासी साविक आदर्श बस्ने २५ वर्षीया कल्पना परियार २०७० असोज २९ गते बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।
सोही घटनाको अनुसन्धानको क्रममा घटनामा नरेश चौधरी संलग्नता खुल्न आएपछि सर्लाही ईश्वरपुर नगरपालिका ८ चौधरी बस्ती बयलवासमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई थप आवश्यक कानूनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ ।
सम्बन्धित
















जिली ईएक्स५ को २०२६ मोडल नेपालमा सार्वजनिक
137 crocodiles released in Rapti river
पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील
युवालाई प्रधानमन्त्री कार्कीको आग्रह : अनुशासित भएर राष्ट्रको सेवामा लाग्नुस्
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया