प्रधानमन्त्री दाहालले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज मध्यप्रदेशको उज्जैन जाँदैछन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चना गर्नेछन् ।
भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् ।
नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाइएको छ ।
यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहाल पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया