उपत्यकाबाहिर चल्ने सवारी असार १ गतेबाट गोंगबु बसपार्कबाट मात्र चल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार एक गतेबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारी साधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन निर्देशन दिएको छ ।
जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको भन्दै महानगरले गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।
महानगरले असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउनसमेत निर्देशन दिएको छ ।
‘काठमाडौँ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँगको बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि पुनः अनुरोध छ,’ महानगरले सूचना जारी गर्दै भनेको छ, ‘बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन सकेको छैन।’
धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारी साधनहरूलाई पनि कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले बताएको छ।
‘उल्लेखित निर्णय कार्यान्वयन गर्न यो सार्वजनिक सूचना जारी गरिएको छ । सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ महानगरले भनेको छ।










गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
प्रतिक्रिया