महाभारतका शकुनी मामा अस्पताल भर्ना, अवस्था नाजुक
मेरोन्यूज
२०८० जेठ १९ गते १७:३१

मुम्बई। भारतीय धार्मिक टेलिफिल्म ‘महाभारत’मा शकुनी मामाको भूमिका निभाएर लोकप्रिय बनेका अभिनेता गुफी पेन्टल अस्पताल भर्ना भएका छन् । केही समयदेखि अस्वस्थ रहेका गुफीको पछिल्लोपटक स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पताल भर्ना गरिएको हो ।
टेलिभिजन अभिनेत्री टीना घईले गुफीको अवस्था गम्भीर रहेको पुष्टि सामाजिक सञ्जालमार्फत गरेकी छन् । टीनाका अनुसार गुफीको परिवारले उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिन अस्वीकार गरेको छ ।
गुफीले सन्े १९८० को दशकमा कैयौं फिल्ममा अभिनय गरे । यद्यपि बीआर चोपडाको टेलिफिल्म ‘महाभारत’मा शकुनी मामाको भूमिका निभाएर घर–घरमा पहिचान बनाएका थिए । आज पनि उनको भूमिकालाई दर्शकले सम्झन्छन् । गुफी अभिनेता बन्नुअघि इञ्जिनियर थिए ।
सम्बन्धित


















लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
रास्वपा संसदीय दलको बैठक जारी
मुस्ताङमा स्याउका बोट सेताम्मे
इरान–अमेरिका वार्ताको सम्झौताप्रति आशा
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया