पश्चिमी अष्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन युवक पक्राउ

काठमाडौँ । अष्ट्रेलियाको सङ्घीय प्रहरीले शुक्रबार ८०० किलोग्रामभन्दा बढी कोकिन बरामद गरेको छ । सो लागु पदार्थ तस्करी गर्ने प्रयास गर्ने अन्तर्राष्ट्रिय अपराध सिन्डिकेटसँग सम्बन्धित तीन जना पुरुषलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार मे २४ मा पश्चिमी अष्ट्रेलिया प्रहरी बल र स्वयंसेवी समुद्री उद्धार सेवाले २२ किलोमिटर टाढा रोटनेस्ट टापु नजिकै संकटमा परेको १० मिटर क्याबिन क्रुजरको चालक दललाई सहयोग गरेको थियो ।
बोर्डमा रहेका तीन जना पुरुषले प्रहरीलाई बताएअनुसार उनीहरूले जहाजको इन्जिनमा समस्याको देखेको तर डुंगा चलाउने अनुभव नभएको बताएका थिए ।
ती व्यक्तिको शंकास्पद गतिविधि देखेपछि प्रहरीले जहाजको निरीक्षणपछि पानीले भरिएको ब्यालास्ट ट्यांकीमा २९ वटा शंकास्पद प्याकेज फेला पारेको थियो । ती प्याकेजमा सेतो पाउडरका थुप्रै ब्लक पाइएको र कोकेन जस्तै प्रतीत भएको छ, थप अनुसन्धान जारी छ ।
तीन जनामध्ये दुई जनालाई बुधबार पक्राउ गरी पर्थमा हिरासतमा राकिएको छ भने तेस्रोलाई सिड्नीबाट पक्राउ गरिएको हो । ती आरोपित २१, २५ र २९ वर्षका रहेका छन् ।
दोषी प्रमाणित भएमा उनीहरुलाई अधिकतम आजीवन कारावासको सजाय हुन सक्ने प्रहरीले जनाएको छ ।








उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया